नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघको पाँचौ जिल्ला अधिबेशनबाट निर्बाचित जिल्ला कमिटीका पदाधिकारीलाई एक कार्यक्रमका बीच सपथग्रहण तथा प्रमाणपत्र बितरण गरिएको छ ।
आजाद भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष मेनुका तिमल्सिनालगायत पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराइएको हो ।
कार्यक्रममा अनेमसंघकी सचिवालय सदस्य रस्मिला देवकोटा, एमाले बाग्मती प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्री, जिल्ला अध्यक्ष रामकुमार कार्की, केन्द्रीय सल्लाहकार परिषद सदस्य केशव देवकोटालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।