कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।
एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे प्रशिक्षण दिने क्रममा शुक्रवार सो कुरा बताउनुभएको हो । पालिका कमिटीको पूर्ण बैठकलाई सम्वोधनगर्दै नेता थापाले मरिण र हरिहरपुरगढी क्षेत्रको समग्र विकासका लागि एमालेको बहुमतको सरकार बन्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले मरिण क्षेत्रको विकासका लाति तीन ‘प’ को अबधारणा सार्वजनिकगर्दै पानी, पर्यटन र पुर्वाधार विकासका योजनाहरु सञ्चालन गरेर चितवनको सौराहाभन्दा राम्रो पर्यटकीय गन्तव्य बनाएपछि मात्रै यस क्षेत्रमा सम्वृद्धि आउने बताउनुभयो ।
नेपाल बुद्धिजिवी संगठनका इन्चार्जसमेत रहनुभएका उहाँले सुनकोशीको पानी आएपछि त्यसैलाई आधार बनाएर विकास र सम्बृद्धिका दिर्घकालिन योजनाहरु अगाडि बढाएपछि हरिहरपुरगढी र पञ्चकन्यापोखरी जस्ता ऐतिहाँसिक तथा अन्य रमणीय स्थलहरुले सौराहा भन्दा राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिने योजना एमालेसँग रहेको उल्लेख गर्नुभयो । उहाँले अगाडि भन्नुभयो: यस क्षेत्रलाई विकास र सम्बृद्धिको दिर्घकालिन यात्रामा अगाडि बढाउनका लागि यस क्षेत्रबाट एमालेले निर्वाचनमा विजयहाँसित गर्न जरुरी छ ।
आउँदो निर्वाचनलाई ध्यान दिंदै एक जना पार्टी सदस्यले ५ जना लाई पार्टीका पक्षमा मतदान गराउन भूमिका निर्वाह गर्नुपर्ने बताउँदै केन्द्रीय सदस्य थापाले पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले जिम्मेवारीका साथ आफ्ना गतिविधी अगाडि बढाउन सुझाव दिनुभयो ।