कपिलाकोट/नेपाल कम्युनिष्ट पार्टी (एमाले) मरिण गाउँपालिका कमिटि अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार बसेको पूर्ण बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकमा मरिण गाउँपालिका कमिटि अध्यक्ष सिरीलाल माझीले दिनुभएको राजीनामा स्वीकृत गरि मरिण क्षेत्रमा लोकप्रिय मानिनुभएका नेता बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।
एमाले केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा अर्का केन्द्रीय सदस्य तथा बुद्धिजीवी इन्चार्ज मनोजंग थापा, प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी बरिष्ठ नेता रामकुमार पौठेललगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकले सबै वडामा वडा कमिटीको बैठक तथा भेलाको मिति तय गर्नुका साथै चुनावी लक्षित योजनाहरु अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रले दिएको अन्तरपार्टी निर्देशन र रणनीतिलाई कार्यान्वयन गर्नका लागि आवश्यक सम्पूर्ण तयारी गर्नेछ । बैठकले नेकपाको निरन्तरमा एमालेमा समाहित भएका एक दर्जन बढी नेताहरुलाई पालिका कमिटीमा मनोनयन गरेको छ भने सिरीलाल माझी, देवीवहादुर बुढाथोकी, बलवहादुर गुर्मछान र गोपिलाल लामिछानेलाई जिल्ला कमिटीमा मनोमित गर्न शिफारिश गरेको छ ।
बैठकले पालिका कमिटीमा नविन बलम्पाकी, छवि थापा मगर, टेकेन्द्र घिसिङ, शितलवहादुर लुम्रे,मनोज बलम्पाकी, टिका माझी, धुर्व माझी, नीरवहादुर मोक्तान, विकास सार्की, तुलावहादुर बोहोरा, लालध्वज वाइवा, भीमवहादुर एस्माली, लालवहादुर लामा, तुलसीराम माझी, सुकदेव माझी, ऐमान बम्जन, शिबजी माझी, जितवहादुर काल्तान, हेमवहादुर घलान र गुणवहादुर बललगायतलाई मनोनयन गरेको छ ।
स्मरणीयछ: मरिण गाउँपालिकामा सैयौं एमाओवादी नेता कार्यकर्ताहरु सो पार्टी परित्यागगरी एमालेमा प्रवेश गरेपछि माओवादी रक्षात्मक र एमाले आक्राम बन्न थालेको देखिएको छ ।