फिक्कलका पशु स्वास्थ्य कार्यकर्तालाई स्वास्थ्य सामग्री बितरण

खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।
फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम अन्तर्गत ६ वटा वडामा रहेका पशु स्वास्थ्य कार्यकर्ताहरूलाई ती सामाग्री बितरण गरिएको हो ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार तथा प्रमुख प्रशासकीय अधिकृत शिवहरि दाहालले पशु स्वास्थ्य कार्यकर्ताहरूलाई उक्त सामाग्री प्रदान गरेकी थिइन् ।
सामाग्री हस्तान्तरणगर्दै अध्यक्ष सुनुवारले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूको पशु स्वास्थ्य सेवाबाट समुदायका कृषकहरूलाई पशु रोग र मृत्युबाट हुने क्षतिबाट जोगाउन सकिने हुँदा सबैलाई प्रभावकारी रूपमा समुदायमा पशु–स्वास्थ्य सेवा प्रवाह गर्न अनुरोध गरिन् ।
उनले एक वडा एक ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता रहेकाले अव कृषकले स्थानीय स्तरमा नै सेवा पाउने बताइन् । कृषकलाई सिप, प्रविधि र प्राविधिक उपलब्ध गराई कृषि र पशुपालनको माध्यमबाट कृषकसँगै गाउँपालिका नै समृद्ध हुने उनको भनाई थियो । कृषिका माध्यमबाट कृषक आर्थिक रूपमा सबल नभई गाउँपालिका समृद्ध नहुने भएकाले परम्परागत कृषि व्यवसाय भन्दा व्यावसायिक रूपमा कृषि व्यवसाय संचालन गर्न उनले कृषकहरुलाई आग्रह गरिन् ।
ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई पशु उपचार तथा जाँच सामग्रीहरू बर्डिजो केस्टेटर– १ थान, माईक्रस्कोप– १ थान, ट्याग मेसिन– १ थान र कुल ब्कस– १ थान वितरण गरिएको छ । ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई बिउ पुँजिको रूपमा १० हजारको औषधिसमेत प्रदान गरिएको समाजका अध्यक्ष नवराज पहाडीले प्रदेशखबरलाई जानकारी दिए ।