नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँकमिटीले आज १९ औं विशालकुमार स्मृति दिवश मनाएको छ । माओवादी बाग्मती प्रदेश कमिटी सचिव प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष प्रख्यात मुक्तान, पालिका कमिटी अध्यक्षलगायतका नेताहरुको सहभागिता रहेको थियो । श्रेष्ठ लगायतका नेताहरुले शहिद द्धयको फोटोमा माल्याणर्पण गरेका थिए । प्रमुख अतिथीका रुपमा बोल्दै शहिद बिशाल कुमारले देखाएको बाटोबाट कहिल्यै बिचलिन नहुने प्रण गरेका थिए । उनले पार्टीलाई सही दिशामा लैजान उहाँहरुले देखाउनुभएको बाटोलाई अबलम्मन गर्न कार्यकर्ताहरुलाई सुझाब दिए ।










