नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले कम्युनिष्ट आन्दोलनका धरोहर एवम् महान सहिद विशाल कुमारको आज १९ औं स्मृति दिवश मनाएको छ । आजाद भवन सिन्धुलीमा अयोजित कार्यक्रमा शहिद पत्नि निरु दर्लामी शिलाले शहिद शेरमान कुँवर बिशाल र मोहनचन्द्र गौतम कुमारको फोटोमा माल्याणपरी प्रारंभ भएको थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेशकुमार पहाडी, केन्द्रीय सदस्य एवम् बुद्धिजिवी विभागका इन्चार्ज मनोजजंग थापा, सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राई, केन्द्रीय सल्लाहकार परिषद सदस्य केशव देवकोटा, बाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, शान्तिमान कार्की, डम्बर कार्की जिल्ला अध्यक्ष रामकुमार कार्की, उपाध्यक्ष कर्ण घिसिंग, उपसचिव मञ्जु देवकोटा, सचिव नारायण बराल, दुर्गा पौडेललगायतका नेताहरुले शहिद कुँवर र गौतमको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा शहिद कुँवरले सिन्धुलीको कम्युनिष्ट आन्दोलमा गरेको योगदानका वारेमा चर्चा गरिएको थियो । स्मरणीय छ, १८ वर्ष अगाडि आजकै दिन सिरहाको धन्छवारबाट नेताद्धय कुँवर र गौतमलाई तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर पुर्नी पोखरीको डिलमा लगेर गोली हानी हत्या गरेको थियो । नेकपा एमाले सिन्धुलीले सिन्धुलीका कम्युनिष्ट नेता कार्यकर्ताहरुले कुँवर र गौतमलाई सँधै सम्झिरहनेछन् । प्रदेशखबर उक्त हत्यामा संलग्नहरुमाथि कारबाही गर्न र रोम विधान पारित गर्न जोडदार माग गर्दछ ।















