एमाले सिन्धुलीले गर्यो संघीय उम्मेदवारमा ४ जनाको नाम शिफारिश

नेकपा एमाले एक नम्बर क्षेत्रीय निर्वाचन कमिटीको आज सम्पन्न बैठकले आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि २ जनाको नामका टुंगो लगाएको छ । आजादनगर भिमानमा बसेको क्षेत्रीय कमिटीको बैठकमा निकै लामो रस्साकस्सीपछि एमालेका केन्द्रीय सदस्य सुवास देवकोटा र बाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवालको नाम जिल्ला पार्टीमा पठाउने निर्णय गरेको छ । सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्ने क्षेत्रीय कमिटीका सदस्यहरुको चाहना भने दुई जना मध्ये एकमा सर्वसम्मती हुन नसकेपछि पुरा हुन नसकेको हो । ९ जना आकांक्षी मध्येहरुबाट दुई जनामा आइपुग्दासमेत कटुवाल र देवकोटाका बीचमा सहमति हुन नसकेको हो । एमालेको केन्द्रीय कार्यालयले दुई जनाको नाम शिफारिश गर्न निर्देशन दिएको थियो ।
त्यसैगरी क्षेत्र नंं १ को क्षेत्रीय कमिटी बैठकले एमालेका केन्द्रीय सदस्य एवम् बुद्धिजिवी इन्चार्ज मनोजजंग थापा र वाग्मती प्रदेशसभा सदस्य कौशल कोइरालाको नाम सिन्धुली जिल्ला पार्टीमा पठाउने निर्णय गरेको छ ।