एकै क्षेत्रका लागि माओवादीका दुई केन्द्रीय नेता गजुरेल र दाहाल शिफारिश

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) मरिण गाउँपालिका कमिटीले आउँदो मंसिर ४ गतेको संघ तथा प्रदेश निर्वाचनका लागि आफ्ना नेताहरुको नाम उम्मेदवारका लागि शिफारिश गरेको छ । आज बसेको पालिका कमिटीको बैठकले सिन्धुलि क्षेत्र नं २ का लागि हरिवोल गजुरेल र राजन दाहाल तथा बाग्मती प्रदेशसभा ख का लागि प्रकाश श्रेष्ठ, पानीराज बम्जनको नाम शिफारिश गरेको छ । त्यसैगरी संघको समानुपातिक तर्फ बसन्त माझी र प्रदेशमा नरेश कुँवर र काजिमान थिंगको नाम शिफारिश गरेको माओवादी केन्द्र मरिणले प्रदेशखबरलाई जानकारी दिएको छ ।