सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो ।
रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा सहयोग पुर्याउने उद्देश्यले ५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नु भएको हो । पौडेलले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले विपन्न बालबालिकालाई सहयोग गर्दै आएको बताउनुभयो ।
आर्थिक अभावमा बालकको पालन पोषणमा समस्या भएकाले आर्थिक सहयोग माग भएपछि रिलिफ नेपालले स्थापना गरेको मुस्कान कोषबाट बालीकालाई आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिका र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरूलाई आपतकालिन सहयोग गर्न रिलिफ नेपालका कर्मचारी र कार्य समिति सदस्यहरूको पहलमा ‘बालबालिका मुस्कान कोष’ स्थापना गरि आर्थिक सहयोग गर्दै आएको छ ।