नेपाल शिक्षक संघका लोकप्रिय नेता देवकोटा शिक्षक संगठनमा प्रवेश, संघमा मच्च्यिो कोलाहल !

नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघ बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुली जिल्लाको शैक्षिक धरोहर, लेखक एवम् कुसल शिक्षक दुर्गाराज देबकोटाले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यातासमेत परित्यागगर्दै एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । देवकोटाले आज सामाजिक सञ्जाल फेसबुकमा एमाले प्रवेश गरेको बताउँदै यसरी लेख्नु भएको छ: काङ्ग्रेस म्यानलाइ काङ्ग्रेस नभै पशु देख्ने नेतृत्व बिरुद्ध बिद्रोह गर्दै आजदेखी एमाले भैयो । आजबाट मान्छे भएको महशुस भएको छ।

यो लेखनसँगै उहाँले सोमवारनैं एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा प्रबेश गर्नु भएको छ । उहाँको संगठनमा प्रवेशगरेपछि विभिन्न प्रतिक्रियाहरु प्राप्त भएकाछन् । उहाँको फेसवुक वालमा नेपाली कांग्रेस सम्बद्ध शिक्षक नेताहरुले आलोचना मात्रै गरेका छैनन्, केहीले नेपाली कांग्रेसको नेतृत्व सही नभएको टिप्पणी गरेका छन् र्
एमाले सम्बद्ध शिक्षकहरुले भने देवकोटाको संगठन प्रवेशलाई स्वागत गरेका छन् । गौमती माविका शिक्षक कुमार कोइरालाले फेसबुकमा लेख्नु भएको छः सिक्षक संघको नेतृत्वका कारणले धेरै शिक्षक साथीहरु निश्क्रििय रहनुभएको छ । उहाँको प्रतिक्रियापछि शिक्षक नेतृ कमला बराल घिमिरेले हामीहरुबाट भएको कमरीहरु के के छन् पाउँ न भन्दै प्रतिक्रिया माग्नुभएको छ भने शिक्षक संघका अर्का नेता सुमन कोइरालाले शिक्षक नेताहरु सबै एकै छैनन्, नेतृत्वलाई आवश्यक खबरदारी तपाई हामीलेनैं गर्ने हो भन्नु भएको छ । उहाँले संघ छोडेर संगठन प्रवेश गर्नुभएका आफ्ना सहकर्मी देवकोटाको बर्हिगनवारे लेख्नुभएको छ ः तपाईंले लिएको निर्णय अप्रिय लागेको छ दाजु । तर तपाईंबाट राजनीतिमा मैले एउटा कुरा सिकेको छु, घरमा बसेर बेश्याबृत्ती गर्नु भन्दा पोइला जानू बेश । जुन कुरा तपाईं पटक पटक पार्टीलाई सम्झाउन प्रयोग गर्नुहुन्थ्यो । तपाई प्रतिको सम्मान घट्ने छैन, पहिले सहयात्रा हुन्थ्यो अब प्रतिस्पर्धा, नमस्कार । अर्का शिक्षक मदन बरालले सामाजिक सञ्जालमा प्रतिक्रियादिंदै लेख्नुभएको छः कुनै पनि संगठनमा आबद्ध ब्यक्तिहरुको बिचार र योग्यताको उचित मुल्यांकन गर्न र जिम्मेवारी दिन सकियन भने,यस्तै हुन्छ, यसको जिम्मेवारी नेतृत्वमा बस्नेले लिनु पर्छ ।
त्यसैगरी बिष्णु घिमिरेले लेख्नुभएको छः इग्नोरेन्स धेरै नमिठो हुन्छ। सायद त्यसैको कारण होला नयाँ निर्णय गर्नुभयो।अरुले के भन्छ भन्ने गौण हो।आफ्नो मान,स्वाभिमान र आत्मा गौरव, खुशीपनाकोलागि जे गरिन्छ त्यही ठीक छ। आगामी यात्रा सफल होस्। गुरुको क्षमता, बौद्धिकताले उचाई बढाउदै जाओस् शुभकामना गुरु ।
त्यस्तै श्क्षिक नेता विश्वनाथ बरालले देवकोटाले शिक्षक संघ छोडेपछि सामाजिक सञ्जालमा चलेको दोहोरीमा अत्यन्त सटिक टिप्पणी गर्नुभएको छ । उहाँले यसरी लेख्नुभएको छः दुर्गाजी स्पष्ट मान्छे हो । मेरो संगत सिन्धुलीका काँग्रेस, कम्युनिस्टका सवै नेता कार्यकर्ता सँग उस्तै छ। तर अहंकारीहरु भने एकाध बाहेक काँग्रेसीमा नैं बढी छन् ।

नेपाल शिक्षक संघ सिन्धुलीमा इमान्दार र बौद्धिक नेताका रुपमा चिनिएका देवकोटाको कांग्रेस परित्याग र एमाले प्रवेशलाई लिएर भाँडभैलो शुरु भएको छ । देवकोटाको एमाले प्रवेशल शिक्षक संघमा कोलाहल मच्चिएको छ । आफ्नो कमजोरी नदेख्ने र गुटगत रुपमा संघ सञ्चालन गरेपछि सल्केको आगो कांग्रेसका लागि निकै महंगो पर्ने विश्लेषण गर्न थालिएको छ ।

– पवन राउत, सिन्धुली

May be an image of text that says 'नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति. सिन्धुली जविकरण रशिद 801 मिति 20.66/02/92 शिक्षकको शिक्षकको ठेमाना पुहाराण देवलेटा शिक्षकको जन्ममिति:- विद्यालयको नाम वगेशरीमागने वरेशवरी ਨਾ्ੀ anein वडा सदस्यता शिक्षक हित कोष नं.:- प्रवेश शुल्क वार्षिक सदस्यता शुल्क (२० आजिवन सदस्यता शुल्क:- सम्मको) परिचय-पत्र शुल्क महाधिवेशन शुल्क राहत कोष/ EI/STF शुल्क:- उपचार शिक्षक विकास कोष:- अन्य शुल्क:- Shoton QaePlus 6201 Powered Triple'