एमाओवादी विघटनको संघारमा पुग्यो: केन्द्रीय सदस्य मिथिला फुयाँल

गठबन्धन सरकारमा सामेल एमाओवादी राष्टियता, जनतन्त्र र जनजिविकाका मुद्धाहरु छोड्दै गएकाले विघटनको संघारमा पुगेको बताउनु भएको छ । नेकपा एमाले सिन्धुलीद्धारा मरिणमा आयोजित जनसभालाई सम्बोधनगर्दै एमाओवादीकी केन्द्रीय सदस्य मिथिला फुयाँलले सो कुरा बताउनुभएको हो । नेकपाको बिभाजनपछि एमाओवादीले क्रमश राष्टियता र जनतन्त्रका मुद्धाहरु छोड्दै गएको सत्ताका लागि जस्तो सुकै हरकत गर्न पछि नपरेपछि पार्टी नेतृत्व विस्तारवादीहरुको चंगुलमा फसेको र क्रमश: विघटनको संघारमा पुगेको बताउनु भएको हो । उहाँले नेपाली कम्युनिष्टको केन्द्रका रुपमा रहेको तत्कालिन नेकपाको निरन्तरता एमालेमा मात्रै रहेको बताउँदै एमसिसी र नागरिकता विधेयकसम्म आइपुग्दा माओवादी कम्युनिष्ट पार्टीसमेत नरहेको घोषणा गर्नुभयो । अब नेपालमा कम्युनिष्ट केन्द्र बनाउन एमाले र केपी ओलीको नेतृत्वबाट मात्रै संभव रहेको बिभिन्न तथ्यहरुले पुष्टि गरेको बताउँदै नेतृ फुयाँलले माओवादी केन्द्रबाट बिद्रोह गरेर नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा समाहित हुन सबैमा अपील गर्नुभएको छ ।

May be an image of 3 people and people standing
एमाओवादी सिन्धुलीका जिल्ला संयोजक रामकुमार पौडेल नेकपाको निरन्तरताको रुपमा रहेको नेकपा एमालेमा समाहित भएपछि जनसभालाई सम्बोधनगर्दै । फोटो: सन्देश जनप्रिय

माओवादी केन्द्र सिन्धुलीका संयोजक एवम् लोकप्रिय नेता रामकुमार पौडेलले विचार र सिद्धान्तबाट च्यूत हुँदै गएकाले आफुलगायत सैयौं कार्यकर्ताहरु एमालेमा समाहित भएको बताउनु भएको छ । कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उहाँले सिन्धुलीमा एमाओवादीमा रहेका साथीहरुलाई नेकपाको निरन्तरताको रुपमा रहेको एमालेमा जोडिन अपीलगर्दै त्यो काम सिन्धुलीबाट शुरु भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: पार्टीहरुमा ध्रुबीकरण प्रारंभ भएको र त्यो ध्रुबीकरणले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्ने ठोकुवा गर्नुभयो । एमाओवादीको बिघटनले एमाले कम्युनिष्ट आन्दोलनको मूलप्रपाह बन्ने उल्लेख गर्नुभयो ।

कार्यक्रम एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव नारायण बरालले गर्नुभएको थियो । कार्यक्रममा एमाओवादीका सैयौं कार्यकर्ताहरु एमालेमा समाहित भएका छन् ।