जंगली हात्तिद्धारा घर गोठ नष्ट


भिमान/कमलामाई नगरपालिका वडा न–९ पन्नेसीमा गएराती हात्तीले दुई घरमा क्षति पुर्‍याएको छ । स्थानीय धुर्ववहादुर बिश्कर्मासहित अन्य एक स्थानीयको घरमा हात्तिले पूर्ण रुपमा क्षति गरेको कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले पिडितलाई राहात सामाग्री बितरण गरिएको छ । उनलाई उधोग बाणिज्य सघ सिन्धुलीले खाद्यान्नसमेत उपलव्ध गराएको छ ।
देवकोटाका अनुसार जंगली हात्तीले घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याएको छ । दुई वटा जंगलीहात्ती गाउँमा पसेर वडा नम्बर ९ को एक घर, गोठ र दुई कठ्ठामा लगाइएको धानमा क्षति पुर्‍याएको हो । मंगलबार राती ९ बजे हात्ती गाउँमा पसेको स्थानियले बताएका छन् । उक्त हात्ती बिहान ३ बजेसम्म गाउँमै रहेको र अहिल जंगलमा पसेको स्थानियले बताए ।
जंगली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न थालेको बर्षौ वितेपनि उनीहरुले यो समस्या समाधान गर्न माग गरे पनि समाधान हुन सकेको छैन । नगरपालिकाको वडा नं. १४ र १४ वडाका बस्तीहरुमा वर्षेनि जंगली हात्तीले घर भत्काउने, बालीनाली सखाप पार्ने जस्ता कामहरु गर्दैआए पनि त्यसको दिर्घकालिन समाधानका लागि सरोकारवाला निकायले केही पनि गरेका छैनन् ।

सामाजिक सञ्जाल मार्फत जनतालाई सुचनाजारी गर्दे उपमेयर देवकोटा भन्नुहुन्छ: कमलामाई नगरपालिका आदर्णिय आमा वुवा,दाजुभाइ दिदीबहिनीहरू,आज राति १० वजेवाट जंगली हात्तीको क।न।पा ९ काउछे हुदै अमाहावाट वडा न,१० मा पुगेको जानकारी प्राप्त भएको छ।सम्पूर्ण आदर्णिय महानुभावहरूमा सचेत रहि सुरक्षित रहन, साना वालवालिका,अशक्त,अपांगता भएको व्यक्तिहरू,जेष्ठ वुवा आमाहरू सबैलाई सुरक्षित राख्न हामी सबैको सहयो हुनुपर्छ हामी सबै मिलेर हात्तीलाई नियन्त्रण गर्न लागि परौ ।

-यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले छापेको छ ।