‘घरबेटी बा’ का अलपत्र चेकहरु !

सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।
राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै सिन्धुलीका निर्माण व्यवसायी सिरीलाल माझीले सामाजिक सञ्जालमा ३ वटा चेक पोष्ट गरे । त्यो चेक उनै अधिकारीले माझीलाई दिएका थिए । तर ती चेकहरु साटियो नत ‘घरबेटी’ अधिकारीले रकमनैं उपलव्ध गराए । आफुलाई लागेको ऋण र लिनुपर्ने हिसाव किताव वारे खोजीगर्दै जाँदा अधिकारीले ग्लोवल बैंक र नेपाल बंगालादेश बैंकको चेक फेलापरेपछि लगातार फोन गरे । फोन उठेन, त्यसपछि माझीले तीनवटा चेक फेसबुकमा पोष्ट गरेका थिए ।

sharada-prasad-adhikari – kalikadainik.com


‘घरबेटी बा’ले विगतका आफ्ना व्यापारिक साझेदार माझीलाई लगानी गरिएको रकम चेक मार्फत भुक्तानी गर्न भन्दै ग्लोवल बैंक न्यूरोड शाखाको २ वटा डेढ डेढ लाख रुपैयाँको चेक दिएका थिए । त्यसैगरी एनबी बैंक ललितपुर ब्रान्चको १० लाख ५० हजारको चेक पनि माझीलाई दिए । तीनवटा चेक बोकेर उनी धेरै पटक बैंकमा गए तर कहिल्यै साटिएन । त्यसपछि अधिकारीले नगदै रकम दिने बताए तर कहिल्यैपनि नदिएपछि उनी तत्कालिन अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पनि गए, केही दिन धैर्य गर्नुस् रकम दिन्छन् भनेपछि ढुक्क परेर फर्किएका माझीले यो समाचार तयारपार्दासम्म प्राप्त गर्न सकेका छैनन् । ‘घरबेटी’को सडक अलपत्र वारेका बिबरणहरु बाहिर आएपछि निराश भएका माझीले बाध्य भएर चेकहरु सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
माझी मात्रै होइन अधिकारीले आधा दर्जन आफ्ना सहकर्मीलाई त्यस्ता चेकहरु दिएका छन् । तर उनलाई कसैले कारबाही गर्न सकेका छैनन् । त्यसको एउटै कारण हो माओवादी अध्यक्ष प्रचण्डको ‘घरबेटी’ ।
विगतमा आर्थिक हैसियत अत्यन्त कमजोर भएका बेला सिन्धुलीको मरिणमा निवासी माझीले ठेक्का व्यवसाय प्रारंभ गर्नका लागि रकम लगानी गरेका थिए । माओवादी नेताहरुलाई सहयोग गरिरहेका माझीलाई त्यसबेला एक माओवादी नेतालेनैं अधिकारी समक्ष चिनजान गर्न लगेका थिए । विगत संझँदै माझी भन्छन्: ‘जति बेला अधिकारीसँग मेरो चिनाजान भएको थियो, त्यस बेला उनीसँग सुकुटी खाने पैसा पनि हुँदैनथ्यो, हामीहरु दिन तोकेर अघाउँजी सुकुटी खान्थ्यौं ।’
आर्थिक रुपमा निकै कमजोर रहेका अधिकारीले माओवादी जनयुद्धको डर धाक र धम्कीकै भरका ठेक्काका कामहरु गर्न थालेका थिए । जव माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि भने उनको ठेक्काले बजारीकरण पायो । अझ तत्कालिन माओवादी नेता प्रचण्ड र बाबुराम प्रधानमन्त्री बने त्यसपछि भने उनको एआइपिएल शैलुङ जेभिले मनग्गे काम पायो । ठेक्काको काम यतिधेरै पाए कि अधिकारीले कहिं कतैको पुरा गर्नैसकेनन् । माओवादी नेताकै दबाबमा उनको पटक पटक म्याद थपियो, रकम थपियो, तर कहिल्यै निर्माण सम्पन्न भएन ।
उनै ‘घरबेटी’ ठेकेदारको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अध्यक्ष प्रचण्डलाई व्यङग्य गदै ट्वीटरमा बालाज–मानीपौवा बन्दमा पर्ने जिलाम्य सडकको मिडिया राखे । भिडियोसँगै प्रचण्डलाई सोधे, ‘श्रीमान् प्रचण्डमा उपत्यकाको फोहोर सैजान प्रयोग गरिने बानीको बाटो आठ वर्षदेखि यस्तो हालतमा बनाउने मानको घरमै अंगरक्षक जस्तो बसेर कुन नतिकताले भन्नु म देश बनाउदैछु भनेर ।’ बालेन्द्रको प्रश्नले विकास परियोजना अलपत्र पार्ने ठेकेदारलाई मलजल गर्ने राजनीतिक नेतृत्वलाई फेरि एक पटक सार्वजनिक जवाफदेहिताका लागि बाध्य बनाएको छ ।
प्रचण्ड उनै ठेकेदार अधिकारीको आलिसान घरमा बस्छन् जसले राजधानी बरिपरि मात्र ठेक्का लिएका १० सडक आयोजना अलपत्र पारेकाछन् । तर उनीमाथि कारबाही भएको छैन, बरु ६० पटकसम्म म्याद र बजेटसमेत थपेर पुरस्कृत गरिएको छ ।

Shaming defaulting contractors may have worked, but it signals system  failure

-यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।