अमेरिकाले चार बी वन बी बमवर्षक विमान र सयौं सेनालाई आवश्यक सामान बोकी चीनमाथि निगरानी बढाउन विवादित भूमि दक्षिण चीन सागर नजिक पठाएको छ ।
गुआमस्थित एन्डर्सन वायु सैनिक अखाडामा ती बम वर्षक विमान र सैनिकहरू शुक्रकार त्यहाँ पुगेको अमेरिकाको रणनीतिक कमान्डले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
पठाइएका तीन बी वन बम वर्षक लान्सर सीधा सैनिक अखाडामा पुग्यो भन्यो । अर्को जापान नजिकको सैनिक शिविरमा तालिमका लागि पुगेको जनाइएको छ ।
चार बम वर्षक र नवौं बम स्क्वाड्रनको ७औं बम समूहका करिब २ सय सैनिक प्रशान्त वायु सैनिक र गठबन्धनका अन्य सहयोगीहरूका तालिम प्रयासमा सहयोग पुगेको विज्ञप्तिमा जनाइएको छ ।
वायु सेनाले यो नयाँ तैनाथी कहिलेसम्म रहने त्यसबारे कुनै जानकारी दिएको छैन् ।
यो तैनाथी दक्षिण चीन सागरमा एक जोडी बी वन बमवर्षक विमान उडान भरेको एक दिन पछि गरिएको हो ।
चीनले दक्षिण चीन सागरको जलीय क्षेत्रलाई आफ्नो भनी गरेको दाबीलाई अमेरिकाले अस्वीकार गरेको छ । यस क्षेत्रका बारेमा विवाद रहेको छ । चीनले यस क्षेत्रमा अमेरिकी उपस्थितिको विरोध गर्दै आएको छ ।