एमाले सम्बद्ध अनेमसंघको ५ औं जिल्ला सम्मेलनमा अध्यक्षका प्रत्यासीहरु धेरै, कस्ले मार्ला बाजी !

सिन्धुली/नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको शुरु भएको छ । अनेम संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता एवम् अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष गोमा देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक उद्घाटन सत्र सम्पन्न भएको हो ।

प्रमुख अतिथिका रुपमा बोल्दै प्रमुख अतिथि देवकोटाले संगठनमा आवद्ध भएपछि पार्टीको नीति निर्देशन अनुसार कार्य गरे मात्रै सफल हुने बताउँदै पार्टी प्रतिको अहमता नदेखाई नीति निर्देशन अनुसार जान पनि आग्रह गर्नुभएको छ । उहाँले अगाडि भन्नुभयोः पार्टीलाई अनुशासित ढंगले अगाडी बढाउन सकिएन भने अनेमसंघपनि अगाडी बढ्न सक्दैन र एउटा सम्मेलन वा भेला गराएर मात्र अनेमसंघ बलियो हुँदैन ।
कार्यक्रममा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, अध्यक्ष रामकुमार कार्की, जिल्ला सह इन्चार्ज उमा कोइराला, इन्चार्ज गणेश पहाडीलगायतका नेताहरुले महिला संगठनलाई बलियो र एकतावद्ध बनाएर लैजान र सही नेतृत्व चयन गर्न सुझाव दिनुभएको थियो ।

संघको पाँचौ जिल्ला सम्मेलनमा ३ सय ९५ जना प्रतिनिधि, ३२ जना आयोजक, प्रदेश तथा केन्द्रीय कमिटिमा रहेका सदस्य तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको छ । त्यस्तै सम्मेलनमा नेकपा एमालेका केन्द्रीय, प्रदेश र जिल्लाका नेतृत्वहरु, अनेम संघका केन्द्रिय नेतृत्वहरु, बागमती प्रदेशका नेतृत्वका साथै सिन्धुली जिल्ला भूगोल भई केन्द्रिय नेतृत्वमा पुग्नु भएका महिला नेतृत्वका साथै पार्टीका जनवर्गिय संगठनका नेतृत्वहरुको समेत सहभागिता रहेको थियो ।

सम्मेलनले अनेमसंघको मस्यौदा विधान २०७८ बमोजिम १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, १ उपसचिव र १ कोषाध्यक्ष सहित बढीमा ६१ जनाको जिल्ला कमिटि निर्वाचित गर्ने छ ।
कस्ले मार्लावाजी
यसैबीच केही समय अगाडिबाट नेतृत्व छनोटका लागि सम्मेलन स्थलमा छलफल प्रारंभ भएको छ । सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने दबाब महिला नेतृत्वमाथि परेको छ भने आम सहमति कायम हुन नसके निर्वाचन प्रक्रियामा जाने देखिएको छ । स्मरणीय छः अध्यक्ष पदका लागि पार्वती भट्टराई , मेनुका तिमल्सिना, अनिता पहाडी र सुकुमायाँ लामा मैदानमा देखिएका छन् ।
यो समाचार तयार पर्दासम्म अध्यक्ष पदका लागि सहमति कायम हुने अबस्था देखिएको छैन । समाचार स्रोतका अनुसार जिल्ला सम्मेलनबाट अध्यक्ष बन्नेमा तिमल्सिना र भट्टराई मध्ये एक हुने देखिएको छ । आउँदो संसदीय निर्वाचनलाई ध्यानदिंदै जिल्ला पार्टीले सर्बसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । यदी यो निर्देशन कार्यान्वयन भएर गएमा तिमल्सिना र निर्वाचन भएमा भट्टराईको पक्षमा पल्लाभारी हुने अनुमान गरिएको छ ।

May be an image of 9 people, people standing and indoor
May be an image of 2 people and people standing