एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनले पदाधिकारीको टुंगो लगाएको छ । तर त्यसलाई महिलाहरुले अस्वीकार गरेकाछन् ।
अध्यक्ष मण्डलले अनेमसंघको अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो ।
महिलाहरुले आफ्नो भावना बिपरित अध्यक्ष मण्डलले अध्यक्ष लगायत पदाधिकारी चयन गरेको आरोप लगाएका थिए ।
स्मरणीय छः अध्यक्ष मण्डलका अध्यक्षमा अनेमसंघका जिल्ला इन्चार्ज रश्मिला देवकोटा रसदस्यहरुमा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव मञ्जु देवकोटा, अनेमसंघका केन्द्रीय सदस्यहरु रमा शर्मा, सुकुमायाँ तामाङ र मिना कार्की रहेका थिए ।
यसैबीच नेकपा एमालेको केन्द्रीय जनबर्गिय संगठन इन्चार्जले सिन्धुलीको अनेमसंघको ५ औं जिल्ला सम्मेलनको पदाधिकारी छनोटको विषयलाई लिएर चासो राख्दै निर्वार्चित सदस्यहरुबाट अध्यक्ष तथा पदाधिकारी छनोट गर्न निर्देशन दिएको छ । तर जिल्ला पार्टी नेतृत्वले विधिसम्मत ढंगले बनाएको भनिएको कमिटीलाईनैं अगाडि बढाउने देखिएको छ । यसले एमाले सिन्धुलीका नेताहरुबीच आन्तरिक मतभेद निकै गहिरो रहेको देखिएको छ ।








