सिन्धुलीको गोलन्जोरका कांग्रेस, माओवादी र एसका दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश (फोटोसहित)

सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच पालिका गुमाएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सत्ता गठबन्धन दलका मुख्य घटकहरु कांग्रेस, माओवादी र एकिकत समाजबादीका सयांै स्थानीय नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेपछि गठबन्धनलाई थप धक्का लागेको छ ।
शनिवार गोलन्जोर गाउँपालिकाको एउटै वडाबाट १ सय पचास भन्दा बढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
नब प्रवेशीहरुलाई एमाले एमालेका वाग्मती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद प्रदीप कटुवालले अबीर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले एमालेले केपि नेतृत्वको ३ वर्षे सरकार कालमा धेरै राम्रा विकास निर्माण र जनताका आधारभूत आवश्यकता पूर्तिका लागि व्यवस्थित र योजनाबद्ध ढंगले काम गरेकै कारण गत स्थानीय तह निर्वाचनमा पाँच दल सँग एक्लै भिड्दा पनि सम्मानजनक जित हासिल गरेको भन्दै अगामी संघिय निर्वाचनमा स्थानीय तहको भन्दा राम्रो नतिजा आउने बताए ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले गठबन्धन दलहरुले मिलेर भ्रष्टचार गरेकाले सुशासनका लागि एमालेलाई मत दिएर जिताउनु पर्ने र त्यसका लागि पार्टी प्रवेश गरेर एमालेमा सक्रिय हुन सबैलाई आह्वान गरेका थिए । उनले मुलुकको नेतृत्व एमालेले गरे मात्रै राष्ट्रियता बलियो हुने कुरा उल्लेख गरे ।
यसरी एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको गोलन्जोर गाउँपालिका कमिटीका सचिवालय सदस्य दिनानाथ न्यौपाने, माओवादीका पूर्व जनसरकार प्रमुख प्रेमप्रसाद पहाडी, एकिकृत समाजबादी जिल्ला सदस्य ठाकुरप्रसाद न्यौपाने, नेपाली कांग्रेस साँस्कृतिक संघका लिलाबहादुर सुनुवार, गाउँपालिका सदस्य लालबहादुर सुनुवार, नेकपा माओवादीका खड्गबहादुर थापा मगर, हर्कबहादुर थापा मगर, हेमबहादुर थापा मगर, सरिता थापा मगर, नन्दमायाँ न्यौपाने, गणेश भुजेल, शम्भु भुजेल, देवीबहादुर श्रेष्ठ, उमेश न्यौपाने, सानोबाबु न्यौपाने, राजेन्द्र न्यौपाने, सचिन भुजेल, जनक थापा, चित्रबहादुर श्रेष्ठ, धनबहादुर चौहान, कुमार श्रेष्ठ, थिरबहादुर थापा, धन बहादुर आछामी, होम बहादुर नेपाली, बुद्धिमान नेपाली, तारा नेपाली लगायत रहेका छन् । त्यस्तै राष्ट्रिय कर्मचारी संगठनका सचिन न्यौपाने पनि नेपाली निजामती कर्मचारी संगठनमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसबाट रमेश चौहान, युवराज भुजेल, सिरोमणि न्यौपाने, लाल बहादुर सुनुवार, याम बहादुर सुनुवार, सुनिल माझी, सविन माझी, सिता कुमारी माझी, जमुना माझी, नविन माझी, मिन बहादुर माझी, अप्सरा रम्तेल, केदार चौहान, हेम बहानुर चौहान, एक बहादुर चौहान, लगायत रहेका छन् ।
नेकपा एमाले बागमती प्रदेश सदस्य, क्षेत्र नं. २ को ख का प्रदेश माननिय प्रदिप कटुवालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले गोलन्जोर गाउँ कमिटिको आयोजना गोलनजोर गाउँपालिका वडा नं. १ डुडभञ्ज्याङ्मा भएको पार्टी प्रवेश कार्यक्रममा अझै सयौको संख्यामा पार्टी प्रवेश गर्न इच्छुक देखिएका भएपनि गठबन्धन दलहरुले बल प्रयोग गरेर कार्यक्रम स्थलमा जान नै नदिएर धेरैलाई एमाले प्रवेश गर्नबाट रोकेको स्थानीयहरुले बताए । नव प्रवेशीहरुले गठबन्धन दल विदेशीको दलला भएको, नागरिकता जस्तो राष्ट्रिय विषयमा गम्भिर नबनेको, भारतमा बैठक गरेर नागरिकता विधेक पास गरेको, राष्ट्रपतिले सन्देश सहित सुधारको मौका दिदा पनि घमण्ड देखाएर राष्ट्रियको सवाललाई अनावश्यक राजनीतिककरण गरेको र राष्ट्रपति सँग इगो बनाएको, विकास निर्माण भन्दा नेता कार्यकर्ता व्यवसायिक घराना पोष्न तर्फ लागेको, आधारभूत जनताको पक्षमा सरकारमा बसेको १ वर्ष सम्म पनि कुनै सिन्को भाच्न नसकेको, किसानले मल विउ समेत समयमा नपाएको ले गठबन्धन बाट देश अगाडि बढ्न नसक्ने भन्दै आगामी निर्वाचनमा जनतालाई वेवास्ता गर्ने गठबन्धन लाई पराजित गर्न आफूहरु एमालेमा प्रवेश गरेको र गोलन्जोर अन्य वडाहरुमा पनि पार्टी प्रवेश कार्यक्रम आयोजना गरेर एमालेलाई थप बलियो बनाउने तर्फ लागेको उनिहरुले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई असफल पार्न गाउँपालिका उपाध्यक्ष एव गोलन्जोर गउँपालिकाका माओवादी नेता ज्वालाप्रसाद न्यौपाने पुकार र वडा नंं १ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष सोमप्रसाद बरालले हर सम्भाव प्रयास गरेको भएपनि धेरै नेता कार्यकर्ताले माओवादी, कांग्रेस र यो सत्ता गठबन्धन जनताको समस्यामा अलिकति पनि जिम्मेबार नभएकाले यस्तो दलमा वस्न नैतिकताले नै नदिने भन्दै एमाले प्रवेश गरेका थिए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

फोटोहरुः उज्वल न्यौपाने/प्रदेशखबर डटकम