एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ ।
शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले थािपाकाे अध्यक्षतामा २१ सदस्यीय नगरपालिका समिति चयन गरेकाे हाे । नगरसमितिकाे उपाध्यक्षमा बिमल कुमार श्रेष्ठ, बलराम चाैलागाई, सर्वदा दाहाल सचिवमा सुदिप स्याङतान, काेषााध्यक्षमा तारा लामा लगाएतका चयन भएका निवर्तमान अध्यक्ष ध्रुव कुमार बस्नेतले जानकारी दिनुभयाे ।
संगठनका निवर्तमान अध्यक्ष बस्नेतकाे अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएकाे हाे । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको आज ९ वटै पालिकामा एकै पटक सम्मेलन भएकाे छ ।











