नेकपा एमाले सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौं जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनका लागि चार जना महिला नेतृ मैदानमा उभिएका छन् । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार अध्यक्षका लागि पार्वती भट्टराई, मेनुका तिमल्सिना, अनिता पहाडी र सुकुमायाँ लामा मैदानमा देखिएका छन् । यो समाचार तयार पार्दासम्म अनेमसंघको अध्यक्षका लागि भट्टराई र तिमिल्सनाकै बीचमानैं तिब्र प्रतिस्पर्धा हुने एक महिला नेतृले प्रदेशखबरलाई बताइन् । उनका अनुसार अध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत रुपमा बनाउने प्रयास गरिने छ । उनी अगाडि भन्छिन्: कुनै नाटकीय परिवर्तन भएन भने अनेमसंघले निर्वाचन मार्फत आफ्नो अध्यक्ष टुंगो लगाउने छ र त्यसका लागि भट्टराई र तिमिल्सना उम्मेदवार देखिएको छ ।

यसैबीच अनेमसंघले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

जिल्लाका ९ स्थानीय तहका ७९ वडाका ३ सय ९५ जना प्रतिनिधि, ३२ जना आयोजक, प्रदेश तथा केन्द्रीय कमिटीमा रहेका सदस्य तथा पदाधिकारीहरु सहितको सहभागितामा सम्मेलन गरिने अध्यक्ष पार्वती सुनुवारले जानकारी दिईन । उनका अनुसार ‘६ वर्षपछि हुन थालेको सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।’ सम्मेलनमा प्रत्येक वडाबाट ५ जना प्रतिनिधि सहभागि रहने छन् ।

प्रतिनिधि व्यवस्थापन, कार्यक्रमको व्यवस्थापन, प्रतिवेदन तयारी, निर्वाचनको प्रक्रियाको तयारी लगायतका काम सकिएका छन् । संघका केन्द्रीय सदस्य एवम् बाग्मति प्रदेश संयोजक शुशिला नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको तेतृ बिमला पाण्डेले जानकारी दिएकी छिन । सम्मेलनले १ अध्यक्ष, २ उपाध्यक्ष १ सचिव, १ उपसचिव र १ कोषाध्यक्ष सहित ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।
संघले सम्मेलनका लागि अनेमसंघ सिन्धुलीले पाँच लाख खर्च लाग्ने अनुमान गरेको छ । सो रकम व्यवस्थापनका लागि आर्थिक कमिटीले प्रयास गरिरहेको छ । प्रतिनिधि शुल्क, आयोजक शुल्कबाट २ लाख २९ हजार ५ सय आम्दानी हुने र अन्य खर्च सहयोग तथा आन्तरिक व्यवस्थापनबाट गरिने बताइएको छ । कार्यक्रममा संघकी सचिवालय सदस्य रस्मिला देवकोटा, अध्यक्ष पार्वती सुनुवार र एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाको उपस्थििति रहेको थियो । – पवन राउतबाट











