वन मुद्धाका फरार अभियुक्त पक्राउ

सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सुब्बा मोक्तानलाई पक्राउ गरिएको हो ।
डिएसपी मनोज लामाका अनुसार खोजतलास गर्ने क्रममा कमलामाई ६ बुधबारे हटिया क्षेत्रमा हिड्दै गरेको अबस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको हो ।