प्रकाशकीय: हामी विचलित हुने छैनौं

हामी आजबाट १९ वर्ष पुरागरी २० औं वर्षमा प्रवेश गरेका छौं । यहाँसम्म आइपुग्न हामीलाई सहयोग गर्नुहुने आदरणीय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवम् शुभेच्छुहरुप्रति कृतज्ञ छौं । अखवारहरुको भीडमा पृथक पहिचानसहित प्रकाशन भएको सन्देश जनप्रिय साप्ताहिकले प्रकाशनको अवधीमा हामीले आदरणीय पाठकहरुबाट पाएको अपार मायाँ र ममताले हामीलाई हौसला प्रदान गरिरहेको छ । तर सिमित बजार, विज्ञापनको अभाव र कमिशनका नाममा जिल्लाको विज्ञापन बजारमा संघ तथा प्रदेशस्तरका मिडियाहरुको दबदबाले स्थानीय स्तरका अखबारहरुमा सङ्कट पैदा गराइरहेको छ ।
यस्ता अनेकौं संकट र अप्ठेराहरुलाई झेल्दै नियमित रुपमा अखवार प्रकाशन गर्नु र वितरण गर्नु निकै चुनौतीपूर्ण छ । यस्तो चुनौतीका बीचमा जनपक्षीय मुद्धाहरुलाई उठान गर्दा स्रोतको नाकाबन्दी र कोभिड १९ संक्रमणले सिन्धुलीका साना लगानीका अखवारहरु मर्ने र बाँच्ने दोसाँधमा पुगेको तथ्यलाई स्वीकार्ने पर्छ । १९ वर्षको यात्रापारगर्दै गर्दा हामीले यसै अंकबाट पत्रिकाको आकारमा परिवर्तन गरेका छौं । तर हाम्रो उदेश्यमा कुनै परिर्वतन भएको छैन, बरु अझ परिस्कृत बनेकाछौं । पुनः हामीलाई यो अबस्थासम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण मान्यजनको आस्था र विश्वासबाट अलिकति पनि विचलित नहुने प्रण गर्दछौं ।