मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी परियोजना बर्तमान गठबन्धन सरकारका लागि गलगाँड साबित भएको छ । चालु संसद अधिवेशनबाट जसरी पारित गर्ने बचन दिएका कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन दलका नेताहरु बीचको असमझदारी बढ्दै जाँदा एमसिसी गलगाँड बन्दै गएको छ । एमसिसी परियोजना पारित नगरे नेपाललाई उपलब्ध गराउँदै आएको बैदेशिक सहयोग रोक्नका लागि बाध्य हुने अमेरिकाको दबाबपछि भने गठबन्धनमा सामेल एमाओवादी र समाजवादीका लागि खाउँ भने दिनभरीको शिकार नखाउँभने कान्छा बाउको अनुहार भन्ने नेपाली उखानझैं बन्न पुगेको छ ।
एमसिसी पारित गराउन भन्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसिसी नेपाललाई लेखेको पत्र बाहिर आएपछि गठबन्धनरत माओवादी सबैभन्दा बढी संकटमा फसेको छ । एकातिर पारित गर्नका लागि पत्र लेख्ने र अर्कातिर यथास्थितिमा पारित गराउन नसकिने भन्दै आफ्नो पार्टीका कोठे बैठकहरुमा बोल्दै आएका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारणले एमालेबाट केही समय अगाडि चोइटिएको नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल पनि एमसिसीसँगै लतारिएकाछन् ।
एमसिसी संझौतामा लेखिएका कुनै पनि बुँदाहरु शंशोधन नहुने र पारित नगरिए नेपाललाई उपलव्ध हुँदै आएका बैदेशिक साहायता रकम रोक्नका लागि अपील गर्नेसम्मको अमेरिकी धम्कीले नेपालका लागि पारित गरेपनि नगरेपनि संकट पैदा गरिदिएको छ ।
पारित गरौं सिंगो पार्टी नेतृत्व र कार्यकर्ताको तह मात्रै होइन, नेपाली जनतानैं विपक्षमा छन् र नगरौं त्यसैका कारण अमेरिकाको अघोषित नाकाबन्दी व्यवहोर्नु पर्ने अबस्थाको सिर्जना हुँदैछ । बुधवार मात्रै एमसिसि नेपालका अधिकारीले प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेटेर एमसिसी पारित नगराए चिनीयाँहरुकै कारण रोकिएको र त्यसपछि आफुहरुले बैदेशिक सहायताहरु रोक्का गर्न उर्दी जारी गर्नेसम्मको धम्की दिएर फर्किएपछि गठबन्धन दल अहिले बिलखबन्धमा परेको छ ।
एमसिसी देशको हितमा छैन भन्ने कुरा जान्दा जान्दै पनि अमेरिकाको दानापानी खाएर जस्तोसुकै हालतमा पारित गराउन खोज्ने र जनता र पार्टी नेता कार्यकर्तालाई झुक्याएर दोहोरो चरित्र प्रदर्शन गर्ने प्रचण्डले भुटान लगायत देशहरुले अस्वीकार गरेको अमेरिकी संझौतालाई किन स्वीकार गरिरहेका छन् ? भन्ने प्रश्न यतिबेला गंभीर रुपमा उठेको छ । एमसिसीलाई लिएर केही समय अगाडि एमाले नेता विष्णु रिजालले लेखेका छन्ः एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले( नेकपा (एमाले) को धारणा स्पष्ट छ ।
‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छः ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्स नेकपा (एमाले) त निर्णय गरिहाल्छ । एमालेको पछिल्लो अभिव्यक्ति पनि एमसिसी वारे पर्ख र हेर नैं हो । एमसिसीलाई लिएर सत्ता गठबन्धन बिभाजन हुने वा त्यसलाई सहजै सदनबाट पारित गरेर जाने अबस्थामा एमालेले आफ्नो धारणा बाहिर ल्याउने देखिन्छ । यदी गठबन्धनले पारित गरे एमालेका लागि एमसिसी चुनाबी मुद्धा बन्ने छ र त्यसलाई निर्वाचन जित्न बलियो आधार बन्ने माओवादी र समाजवादीको ठम्याई भएकाले पनि प्रचण्ड र माधव नेपालको एमसिसी प्रकरणमा दोहोरो चरित्र देखिंदै आएको हो, जुन कारणबाट अहिले मुलुकका लागि गलगाण सावित भइरहेको छ ।










