कमलामाई नगरपालिकाले ऐतिहासिक सिन्धुलीले गौरवमय गाथा बोकेको सिन्धुलीगढी क्षेत्रमा निःशुल्क वाइफाई जडान गर्ने तयारी गरेसँगै त्यस क्षेत्रमा आउने पर्यटकरुका लागि सामाजिक सञ्जाल चलाउन सहज हुने भएको छ ।
कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाका अनुसार पहिलो चरणमा युद्धसंग्राहालय क्षेत्रमा भएका ऐतिहासिक तथा पुरातात्विक महत्वका सामाग्रीहरुको सुरक्षाका लागि इन्टरनेट र चार थान सिसि क्यामरा जडान गरिएको हो । युद्ध संग्राहालयको अनुगमनका लागि आएका पर्यटकहरुबाट हुनसक्ने वा घटाइने संभावित जोखिम वा संकटको निगरानी गर्नका लागि हाइ स्पिडको इन्टरनेट र निगरानीका लागि क्यामरा राखिएको सुचना अधिकारी लामाको भनाई छ ।
कमलामाईले छिट्टै सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुलाई ध्यानदिंदै फ्रि वाइफाई र संग्राहालय भन्दा बाहिर पनि सिसि क्यामरा जडान गर्ने योजना बनाएको छ । सुचना प्रविधिको बढ्दो प्रयोगलाई ध्यान दिंदै सिसि क्यामरा मार्फत सिन्धुली गढी क्षेत्रको निगरानीलाई बढी महत्व दिनुपर्ने अबस्था हामीले देखेका छौं, कमलामाई नगरपालिकाका आइटी अफिसर समेत रहेका लामाले भने ।
उनी अगाडि भन्छन्ः सिन्धुलीगढीमा राखिएको सिसि क्यामराको निगरानी कमलामाई नगरपालिकाबाट प्रारम्भ गरिएको छ र कुनै समस्या आएमा त्यसको रिव्याक गरेर पनि पत्ता लगाउन सकिन्छ । नगरपालिकाले क्यामराको मोनिटरिङका लागि छुट्टै कर्मचारीको व्यवस्था नगरे पनि आगामी दिनको त्यसको २४ सैं घण्टा अगुगमन आवश्यक पर्ने उनको बुझाई छ ।
सिन्धुलीगढीमा खटिने सुरक्षा गार्डसहितका १० जना कर्मचारीलाई इहाजिरी मार्फत कमलामाई नगरपालिकाको कार्यालयसँग कनेक्सन गराएको छ । नगरपालिकाले रविन तामाङको नेतृत्वमा असईसहितको सुरक्षाकर्मी परिचालन गरिरहेको छ । राजस्व संकलनका लागि १, सरसफाई कर्मचारी १, गार्डेन व्यवस्थापनका लागि १ जना र सुरक्षाका लागि ६ जनासहित १० कर्मचारी परिचलान गरेको देखिएको छ । त्यसरी संग्राहालयको सुरक्षाका लागि खटिएका सुरक्षागार्डहरु मध्ये कमाण्डरसहित २ जनालाई भने कमलामाई नगरपालिकाले दैनिक रुपमा परिवर्तन गरी खटाउँदै आएको सुरक्षा शाखाले पुष्टि गरेको छ ।

नेपालकै पहिलो युद्धसंग्राहालयको रुपमा रहेको सिन्धुलीगढी युद्ध संग्राहालय बनाएर पर्यटकीय गन्तव्य बनाउने कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीको सपनालाई तत्कालिन नेकपा एमाले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलको सरकारले सार्थक पारिदिएको थियो । सो क्षेत्रको निर्माण कार्य नेपाली सेनाले गरेको हो ।
सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरेका थिए । सन्धुलीगढीमा १८२४ मा गोर्खाली सेनाले क्याप्टेन किनलक नेतृत्वको अंग्रेज सेनालाई २४ कार्तिकमा हराएको इतिहास छ । कमलामाई नगरपालिकाले हरेक वर्ष २४ कात्तिकमा विजयोत्सव मनाउँदै आएको छ । सेनाको इतिहासमा विद्यावारिधि गरेका डा. प्रेमसिंह बस्न्यातले तत्कालीन मकवानपुर राज्यअन्तर्गत रहेको सिन्धुलीगढीलाई पृथ्वीनारायण शाहले मकवानपुर राज्यमाथि विजय हासिल गरेपछि हात पारेको बताएका थिए ।
सेनाको इतिहासका अध्येता मोहन थापाले कप्तान किनलकलाई भारतको टिपराको युद्ध जितेर आएका वेला तत्कालीन ब्रिटिस सेनाले कान्तिपुरका मल्ल राजालाई सघाउन पल्टनको नेतृत्व गरेर पठाएको इतिहास भेटिएको छ । (साभारः कमलामाई फिचर सेवा) –दिपा भण्डारी