टेलिफोनमार्फत ओलीलाई प्रचण्डको आग्रह- एमसीसीबारे निर्णय लिनुस्, जवाफमा ओलीले भने-पासगर्छौ भनेर पत्र लेख्ने तपाईहरुले निर्णय गर्नुस् त्यसपछि एमालेले गर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। 

बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने। 

जवाफमा ओलीले एमसीसी पास गर्ने प्रतिवद्धता पूरा गर्न प्रचण्डलाई चुनौती दिएका छन्। तत्कालीन गठबन्धन सरकारले नै एमसीसी परियोजना भित्र्याएका कारण त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि सत्तारुढ गठबन्धनको रहने ओलीको भनाई थियो। 

उनले एमसीसीबारे सत्ताधारी दलहरुको नै साझा धारणा नभएका कारण प्रमुख प्रतिपक्षी दलले बोलेर नहुने बताए। माओवादी केन्द्रका कार्यकर्ताहरु एमसीसीको विपक्षमा रहेका कारण प्रचण्ड दुबै तर्फबाट अप्ठ्यारोमा परेको ओलीको धारणा छ। 

एमसीसी परियोजना पास नगरे अमेरिका असन्तुष्ठ हुने र पास गरे कार्यकर्ता भड्किने देखिएकाले दुबैतिरबाट प्रचण्ड संकटमा रहेको उनको भनाई छ। 

 ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४÷५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालल लेखेका छन, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् ।  नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’