नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि शक्तिको दुरुपयोग गर्नेकार्य क्रान्तिकारी नभई बुर्जुवा वर्गले मात्रै गर्ने बताएका छन् ।
सरकार र पार्टी नेतृत्वका बीचमा मतभेद जारी रहेका बेला अध्यक्ष दाहालले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि जनाउँदै सामाजिक न्यायसहितको आर्थिक सम्वृद्धिको लक्ष्य प्राप्तीका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति जनताको भलाईमा लगाउनु पर्छ भनेका छन् ।
आफ्नो निहित स्वार्थका लागि र आफु भित्रका लाई कमजोर बनाउनका लागि शक्तिको दुरुपयोग वुर्जुवा शक्तिले मात्रै गर्दै आएको निश्कर्ष निकाल्दै केन्द्रीय सदस्य दाहालले क्रान्तिकारी कम्युनिष्टको लक्ष्य सम्वृद्ध नेपाल र सुशी नेपालीलाई संझेर दृढताका साथ अगाडि बढ्न सकौं भन्दै सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् ।
अध्यक्ष दाहालको भनाईमाथि टिप्पणीगर्दै मुरारी भण्डारी आफ्नो प्रतिक्रिया लेख्छन्ः कमी कमजोरी सुधारगर्दे अगाडि बढ्नुको बिकल्प छैन । भिमकुमार राई लेख्छन्ः दाई तपाईका यि महान बिचारले राम्रा सहयात्री पाउलान कि नपाउलान् ।

अध्यक्ष दाहालको स्टाटस पढेपछि मंगललाल फुयाँल लेखन्छन्ः बास्तबिकता हामिले समाजलाई दिनु पर्छ । वास्तबिकतालाई मनन गरेर आआफ्ना ब्यक्तियत स्वार्थ र घमन्डलाई त्यागेर नेतृत्व एकजुट भई अघि बढ्नु जरुरी छ । नेकपाको लक्ष्य र उदेश्य बिर्सनु भएन । राजन कार्की लेख्न्ः हामीले क्रान्तिबाट प्राप्त उपलब्धिलाई कसरी बचाउने भन्ने विधिको पनि आविष्कार गर्ने बेला भएको छ ।
किर्तिमान नेपाली नेकपा भित्रको लडाई वारे आफ्नो प्रतिक्रियामा लेख्न्ः खै दाई निराश लाग्न थाल्यो । क्रान्तिकारीको अर्थ नै बिर्सिन लागे नेताले ।
त्यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंम अपहरितसँग टेकु थाना जाँदा अपहरणको मुद्दा दर्ता हुँदैन भने यहीँ संयन्त्रमा निर्मलाले न्याय पाउँलिन, सुन तस्करलाई कारवाही होला भनेर सोच्नु मुर्खता हो भन्दै अन्जय जिसि लेख्छन् ।