औषधी पसल शिल गरेको होइन

सिन्धुलीको लक्ष्मी फार्मेसीले आफ्नो व्यवसायमा औषधी व्यवस्था विभागले शिल नगरेको बताएको छ । औषधी व्यवसाय सञ्चालक जानुका घिमिरे स्वास्थ्य उपचारका लागि काठमाडौ जानुभएको र सोही कुराको जानकारी अनुगमनका खटिएका विभागका कर्मचारीसँग फोनमा कुराकानी गराएको स्मरण गराउन चाहान्छौं। फार्मेसीमा काम गर्ने कर्मचारी सोही समयमा क्यान्सरकी बिरामी आमालाई औषधी पु¥यान जाँदा केही समय फार्मेसी बन्द भएको र त्यसैलाई आधार बनाई शिल गरिएको समाचार प्रकाशन भएको व्यहोरो जानकारीका लागि अनुरोध छ ।