भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको पुष्टि भएको छ।

भारतीय वायुसेनाले ट्वीट गरेर उनको निधनको जानकारी दिएको हो। उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए।त्यसमध्ये १३ जनाको निधन भएको हो। रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो।