लक डाउनको समयाबधी एक हप्ता बढाइने, केही जिल्लामा आन्तरिक रुपमा खुला गर्दै जाने निर्णय लिइने

लक डाउनबारे निर्णय लिन उच्च स्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लक डाउन थप्ने वा नथप्ने निर्णय गर्ने अधिकार समन्वय समितिलाई दिएको थियो।

समाचार स्रोतका अनुसार वैशाख १५ सम्म तोकिएको लक डाउन एक हप्ता बढाउने निर्णय उच्च स्तरीय समन्वयन समितिले गर्ने बताइएको छ। पछिल्ला दिनमा उपत्यकामा कारोना संक्रमित नभेटिए पनि बाहिर जिल्लामा भेटिदै गएपछि तत्कालै लक डाउन खोल्दा संक्रमण बढ्ने संभावना हुँदा लम्ब्याउने निर्णय
गर्न लागिएको हो । अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमित भेटिइसकेको छ ।

जसमध्ये दश जना निको भएर घर फर्किएका छन्।

आजकै बैठकले कोरोना संक्रमितका आधारमा क्षेत्र वर्गीकरणगरी त्यसैअनुसार जिल्लामाहरुमा आन्तरिक रुपमा खुला गर्दै जाने निर्णय लिइने बताइन्छ । यद्यपी त्यसमा स्वाथ्य मन्त्रालयको राय लिइने स्रोतले बताएको छ ।