लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गरिएको छ। यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान स्गथगितलाई मे १५ अर्थात् जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको हो।
शनिबारको बैठकमा कोभिड १९ को रोकथामका विषयमा विस्तृत रुपमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए। तर उनले लक डाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले छिट्टै गर्ने जानकारी दिए।
स्रोतका अनुसार समितिले थप एक हप्ता लक डाउन लम्ब्याउन सिफारिस गरेको छ। बैठकले कोरोना भाइरसको रोकथामका लागि भएका प्रयास प्रभावकारी भएको निष्कर्ष निकाल्दै सबै प्रदेशमा आवश्यक मात्रमा औषधि तथा अन्य उपकरण भएको जानकारी दियो।
हालसम्म ४९ जनामा कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये दश जना निको भएर घर फर्किएका छन्।