सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
डिएसपी घर्तीका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको बस वीरेन्द्रनगर–१४ लादे भन्ने ठाउँ दुर्घटना भएको हो।
घाइतेहरुको कर्णाली क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको उनले जानकारी दिए।











