नेकपा एमालेका केन्द्रिय सदस्य एवं सिन्धुली सह ईन्चार्ज उमा कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मल्लबलाल अधिकारीको संयोजकत्वमा २१ सदस्यीय अधिवेशन आयोजक समिति घोषणा गरेको छ । पेशागत महासंघमा आवद्ध घटक संगठनका अध्यक्षहरूको सहमतिमा समिति घोषणा भएको हो ।
७ वटा घटक संगठन आबद्ध रहेको नेकपा एमालेको जनवर्गीय संगठनको रूपमा रहेको पेशागत महासंघका तत्कालीन अध्यक्ष टोम प्रसाद काफ्ले नेकपा एस निकट संगठनमा आबद्द भएकोले पार्टीले यस्तो निर्णय लिएको कार्यक्रमकी प्रमुख अतिथि, सह ईन्चार्ज उमा कोईरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा बडादशैको शुभकामना आदान–प्रदान गर्दै कमलामाई नगर प्रमुख खड्ग खत्री, एमाले उपाध्यक्ष प्रलाद पोखरेल, युवा नेता एवं सह–सचिब महेन्द्रदेब श्रेष्ठ, सेवा निवृत्त शिक्षक समाजका अर्जुन बराल, नेगो केन्द्रिय सदस्य फणीन्द्र ढुंगेल, सिबिए अध्यक्ष तिलक कार्की तथा घटक संगठनका अध्यक्ष एवं उक्त घटकहरूमा आबद्द शिक्षक, निजामती कर्मचारी, बैंक कर्मचारी, प्राध्यापक , सेवा निवृत्त शिक्षक, निजामती कर्मचारी ईन्जिनियर एशोसिएसनमा आबद्द कर्मचारीको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य र कार्यक्रमको औचित्यका बारेमा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरूषोत्तम दाहालले प्रकाश पार्नु भएको थियो । कार्यक्रम पेसागत महासंघका सचिव मल्लबलाल अधिकारीको अध्यक्षता एवं स्थानीय तह कर्मचारी संगठनका अध्यक्ष बबिन्द्रलाल माझीले कार्यक्रमको सन्चालन गरेका थिए ।







