एमाले सिन्धुलीका वडा कमिटीहरुले शुभकामना आदान प्रदानगर्दै

नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारले चाडवाडलाई भड्किलो र खर्चिलो रुपमा नमनाउन सिन्धुलीवासीलाई अपील गर्नुभएको छ ।

May be an image of 8 people and people standing

उहाँले चाडपर्व नेपालको मौलिक संस्कृति भएको बताउँदै त्यसलाई भड्किलो ढंथवान नमनाउन आग्रह गर्नुभएको हो । त्यसैगरी पूर्व मन्त्री एवम् एमाले केन्द्रीय सदस्य गणेश पहाडीले विधान महाधिवेशन पछि एमाले बलियो र एक ढिक्का भएको बताउनुभयो ।

May be an image of 4 people, child, people sitting and people standing
May be an image of 9 people and people sitting

कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सदस्य डम्बर कार्की, लक्ष्मण कार्की, सुवास देवकोटा, विद्यार्थी नेता दिपेश वराल लगायतका नेताहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यसैगरी एमाले कमलामाई नगरपालिका वडा नंं ९ को वडास्तरिय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको गरेको छ ।

May be an image of 4 people, people sitting and indoor

पूर्व मन्त्री एवम् एमालेका केन्द्रीय सदस्य गणेश पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका सेक्रेटरी शान्तिमान कार्की, खड्गवहादुर खत्री, बाग्मती प्रदेशसभा सदस्य कर्ण घिसिंग, सुवास देवकोटा एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठलगायतले आ आफ्नो बिचार राख्नुभएको थियो ।

May be an image of 5 people, people sitting and people standing
May be an image of 1 person and indoor
May be an image of 2 people, people sitting and indoor
May be an image of 1 person