सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी र आफ्नै दलका नेताहरुबाट चर्को विरोध आएपछि पाँचै दिनमा अध्यादेश खारेज गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका हुन्।