अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमारले सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन्।
बिहीबार बिहान काठमाडौँ आएकी सुमारले एमसिसीको पक्षमा माहोल बनाउन ओलीसँग भेटवार्ता सुरु गर्न लागेको अमेरिकी दूतावासले जनाएको छ।
उनी अहिले दूतावासमा आराम गरिरहेको र दिउँसो २ बजेका लागि भेटवार्ताको समय निर्धारण भएको ओलीको सचिवालयले जनाएको छ। उनी एमसिसीको सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित काठमाडौँ आएकी हुन्।
गत वर्ष असार १६ गतेभित्रै संसदबाट अनुमोदन भइसक्नुपर्ने एमसिसी नेपालको आन्तरिक राजनीतिक किचलोको कारण पास हुन सकेको छैन।
दिन बित्दै जाँदा नेपालमा एमसिसीको विपक्षमा चर्को माहोल सिर्जना भएको छ। सबै जसो दलभित्र उक्त परियोजन अस्वीकार गर्नुपर्ने मत बलियो बन्दै गएको छ भने जनस्तरबाट विरोध प्रर्दशन भइरहेको छ।
एमसिसीका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन्।











