महेश बस्नेतले भने- मन्त्री खानका लागि माधवकुमार नेपालले शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ

नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि आफ्ना सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताउनुभयो । उहाँले शनिबार ललितपुरको लुभुमा युथ फोर्सले गरेको एक कार्यक्रममा नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् ।

माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ । सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । त्यस्तै उनले माधव नेपाले आफू नेतृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले बताउनुभयो ।