प्रहरीबाट त्रसित बन्दै सिन्धुलीका व्यवसायी !

सिन्धुलीका यातायात व्यवसायीहरुले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिन थालेको बताएका छन् । उनीहरुले ट्राफिक प्रहरी प्रमुख सई कृष्ण क्षेत्रीले क्षमता भन्दा बढी सामान र सिट संख्या भन्दा बढी यात्रु बोकेको भन्दै पटकै पिच्छे १ हजार जरिवाना लिने गरेको उनीहरुले आरोप लगाएका छन् । हामीले तोकिए भन्दा बढी सामान बोकेका पनि छैनौं, जनकपुरबाट इटा लिएर आएका एक ट्रक चालकले भने । हामी जनकपुरमैं तौल गरेर आउँछौं तर सिन्धुली आउँदा उता वेट गरेको कागज देखाउँदा पनि छोड्दैनन्, जरिवाना कटाएर छोड्छन्, उनले दुखेसो पोखे ।
त्यसैगरी मरिणबाट काठ लिएर आएको ट्रकले क्षमताभन्दा बढी लोड बोकेको भन्दै सई क्षेत्रीले वरिवाना कटाई छोडे । ना ६ ख १९४४ नम्वरको उक्त ट्रकले २८ हजार ३ सय ३० केजी रहेको लालबन्दीमा गएर वेट गरेपछि पत्ता लाग्यो । जवकी उक्त वेटमा कुनै पनि जरिवाना लिन मिल्दैन । अर्जुन खड्गी नाम गरेका सवारी चालकलाई सवारी नियम उलंघन गरेको भन्दै रसिद नं. २८१८ बाट एक हजार जरिवाना गराएपछि उनी प्रहरीबाट आफु ठगिएको निश्कर्षमा पुगेका थिए । उनीमात्रै होइन, प्रहरीबाट खोलामा वालुवा र ढुंगा निकाल्ने ट्याक्टरमा मालिकहरु पनि ठगिंदै आएकाछन् । प्रहरीले वालुवा समातेपछि जरिवाना तिर्न पनि पुग्दैन, बरु वाटोमा भेटिएकालाई एक हजार देखी ५ सय रुपैयाँ बुझाउँदा त सहज हुन्छ, एक व्यवसायीले भने । एकातिर नगरपालिकाले ढुंगाा र वालुका उत्खनन् बन्द गरेको छ, निर्माण क्षेत्रमा सामाग्री खाँचो परिरहेको छ, हामीले संकलन गरेर ल्याउँदा प्रहरीको फन्दामा परिन्छ, उनले आफ्नो दुखेसो यसरी पोखे ।