पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।

११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २० हजार ६ सय ५ पुगेको छ।

सोही अवधिमा २ हजार १ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय ३९ जनाको आइसियु र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।