सिन्धुलीको सानदानेबाट आज विहान काठमाडौ तर्फ यात्रुहरु लिएर हिडेको ना १ ज ८४७१ नम्बरको फोर्स दुर्घटनाहुँदा ९ जना घाइते भएका छन् । सानदानेबाट चकमके हुँदै काठमाडौ आउँदै गरेको फोर्स तीनपाटन गाउँपलिका वडा नम्बर ४ स्थित चकमके पारी ओरालोमा ब्रेक फेल भएर धान बारिमा खसेको छ । गाडीमा सवार यात्रुहरु सामान्य घाइते भएको स्थानीय सहकर्मी बरुण घिमिरेले जानकारी दिएकाछन् ।