बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपापालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्।
उनले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।
वडाध्यक्ष नेपालीलाई आवश्यक सोधझपुछका लागि बोलाइउको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय बालकलाई कुटेको भिडियोका आधारमा वडाध्यक्ष्यलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए।
स्थानीय बासिन्दाका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोली उनको घरमा पुगेको थियो। टोलीले उनलाई घरबाट पक्राउ गरेको हो।
त्यस्तै, बालकलाई पनि सदरमुकाम बोलाइएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।











