देउवालाई महेश बस्नेतले दिए चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याए परिणाम निकै गम्भीर हुने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका एमाले फुटाउन अध्यादेश ल्याए प्रधानमन्त्री शेरबहादुर देउवाले निकै नराम्रो परिणाम बेहोर्नू पर्ने बताउनु भयो ।

उहाँले देउवा सरकार एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्रमा लागेको भन्दै त्यस्तो गल्ती नगर्न सुझाउनु भयो । ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ,’ नेता बस्नेतले भन्नुभयो ।

उहाँले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभयो । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गर्नुभयो । अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने उहाँले बताउनुभयो ।

बस्नेतले युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नुहन आग्रह पनि गर्नुभयो । ‘युथफोर्स फेरि जन्मिएको छ । पार्टी भित्र र बाहिबाट आशंका पालिएको छ । धेरै त्रसित नुहुनका लागि आग्रह गर्दछु,’ बस्नेतले भन्नुभयो । युवासंघका इन्चार्ज समेत रहनुभएका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’

युथफोर्सले सरकारसँग सहकार्य गरेर रचनात्मक काम गर्न तयार रहेका तर बदमासी गरे कडा रुप्मा जाइलाग्ने घोषणा गर्नुभयो । ‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ,’ बस्नेतले भन्नुभयो ।

सम्बोधनको क्रममा बस्नेतले आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिनुभयो । ‘बुद्धिजीवीविरुद्धको संगठन होइन, बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ,’ बस्नेतले भन्नुभयो । उहाँले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन नभएको भताउँदै माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको जानकारी दिनुभयो ।

May be an image of 5 people, people standing and outdoors
May be an image of 2 people, including Devraj Waiba, people standing and outdoors