गएको साउन ६ गते देशैभर विपी स्मृति दिवश मनाइयो । जननायक विपीको ३९ औं स्मृति दिवश मनाइरहँदा त्यही विपीको नाममा सिन्धुलीको दुम्जामा गुलेणस्तरहिन सडक निर्माण भएर धुजा धुजा भएको विवरण बाहिर आइरहेको छ । विपिले निर्माण गर्नुभएको नेपाली कांग्रेस नेताहरुको व्यक्तिगत स्वार्थका कारण गुटमा धुजा धुजा भएका बेला उनै विपीको नाममा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नंं १ मा रहेको विपी पार्क जाने कालोपत्रे सडक चिरा चिरा परेको देखिएको छ । तीन करोड चौतिस लाख सत्तरी हजार नौ सय छपन्न रुपैयाको लगानीमा निर्माण सम्पन्न भएको भनिएको सडक तीन महिनासम्म पनि टिक्न सकेन । एक स्थानीय भन्छन्ः यदी विपी आफैं जिवित रहेको र आफ्नो नाममा बनेको कालोपत्रे सडक धुजा धुजा भएको देख्दा के भन्थे होलान ?


