पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ ।
सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो।
प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो...
नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’मा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहनुभएका बरिष्ठ उपाध्यक्ष बिष्णु पौडेलले यात्राका क्रममा कैद गर्नुभएका लोभलाग्दा दृश्यहरु सामाजिक सञ्जालमा साझा गर्नुभएको छ ।बाग्लुङ र पर्वतको कुश्माहुँदै गण्डकी प्रदेशको...
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ।
आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर...
नेपालमा थप।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
ती पुरुष कतारबाट आएका थिए ।
कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी...
बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् ।
राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि...
विपक्षीको बहुमत नपुगेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।
प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी छन्। प्रदेश प्रमुख पौडेलले ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता...
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणले गण्डकी प्रदेशमा ३ जना संक्रमित भेटिएको छ । गण्डकी प्रदेशको गोरखा, कास्की र बाग्लुङमा ३ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
आरडिटी परिक्षण मार्फत गण्डकी प्रदेशमा कुल २ हजार ४१३ जनाको नमुना परिक्षण गरिएको थियो ।...
गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन्। जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू...












