विपक्षीको बहुमत नपुगेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।
प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी छन्। प्रदेश प्रमुख पौडेलले ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्रीका लागि दावी पेस गरेका कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुर्याउन नसकेपछि ठूलो दलको हैसियतमा एमालेबाट गुरुङ मुख्यमन्त्री बनेका हुन्।