गण्डकी प्रदेशमा तीन जनामा कोरोना पोजेटिभ, पीसीआर टेष्ट हुँदै

र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणले गण्डकी प्रदेशमा ३ जना संक्रमित भेटिएको छ । गण्डकी प्रदेशको गोरखा, कास्की र बाग्लुङमा ३ जनालाई कोरोना पोजिटिभ देखिएको हो । 

आरडिटी परिक्षण मार्फत गण्डकी प्रदेशमा कुल २ हजार ४१३ जनाको नमुना परिक्षण गरिएको थियो । त्यस मध्ये तीन जनामा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

गोरखामा विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । चैत १ गते बहराइनबाट फर्केका युवकको थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ

कोरोना पोजिटिभ देखिएको ३ जनाको पुनः पीसीआर परिक्षण गरेर रिर्पोट आईसकेपछि मात्रै कोरोना संक्रमणको पुष्टि हुनेछ ।