काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश...
केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्।
केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय...
दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए...
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताउनु भएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।
नगर...
तीन दिनदेखि बेपत्ता कान्तिपुरका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ।
तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान उनी बेपत्ता भएको...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ खटिएको...
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
माघ २३ गते काठमाडौँमा आयोजना हुने सत्तारुढ नेकपाको जनसभाको तयारी स्वरुप बृहत मोटरसाइकल र्यालीको आयोजना भएको हो। ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित मोटरसाइकल र्याली निकालिएको हो।
काठमाडौँका...











