तीन दिनदेखि बेपत्ता कान्तिपुरका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ।
तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो। मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा भेटिएको बानियाँकै भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ। उनको बुधबार दिउँसो सनाखत भएको हो।
कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले बानियाँ तीन दिनदेखि हराइरहेको जानकारी दिए। ‘हामीले पनि दुखद खबर सुनेका छौँ,’ शर्माले भने।
तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती. एक छोरा र एक छोरी छन्।
लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए।











