सिन्धुली: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल राजनले उमेदवारी दर्ता गराउने भएका छन् ।नेता गणेश रत्नका अनुसार दिउँसो १ बजे र्यालीसहित उमेदवारी दर्ताको तयारी गरिएको...
काठमाडौ: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले छानवीनमा सहयोग पुगोस् भनेर पद छाडेको भन्दै आफ्नो बचाउ गरेका छन्।
बास्कोटाले शनिबार ट्वीट गर्दै आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएकाे भन्दै...
जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको...
सरकारले सिन्धुलीको सुनकोशी मरिन बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।
यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।
सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको छ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार बिहीबार साँझ निवेदन दर्ता भएको हो। जिल्ला अदालत र तत्कालीन...
देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव...
चितवन/ पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको...
उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ।
बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन्।
काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि...
सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।
नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो ।
अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...












