जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको र पूरै देश बन्दाबन्दीको अवस्थामा रहेको परिपेक्षमा नेपाल सरकारको कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा थप सहयोग पुर्याउन स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । सोही कार्यक्रम अन्र्तगत स्थानीय तहमा सहयोग गर्ने उद्देश्यले ३० सेट पीपीई र ४ सेट थर्मल गन जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालयलाई हस्तान्तरण गरिएको साझेदार संस्था सिड्स नेपालका अध्यक्ष दिपककुमार घिमिरेले जानकारी दिए ।
उक्त अत्यावश्यक स्वास्थ्य सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको हो । जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव रहेको समयमा वल्र्ड भिजनले ३० सेट पीपीई उपलब्ध गराई सहयोग गरेको प्रजिअ पाण्डेको भनाई छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त पीपीई जिल्ला अस्पतालसहित अत्यावश्यक ठाउँमा हामी तत्कालै वितरण गर्छौ, प्रजिअ पाण्डेले भने, सिन्धुलीमा पीपीई अझै पर्याप्त भएको छैन ।