नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मत मागेकी छिन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पत्नी समेत रहेकी आरजुले सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सन्देश मार्फत महाधिवेशन प्रतिनिधिलाई स्वागत...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
यसअघि पार्टीमा दलितलाई १५ प्रतिशत आरक्षण दिनुपर्ने आवाज उठेको...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो।
पहिराेका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित गर्ने खुलासा गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनका एक सदस्य नेपालले आफू निकट बिद्यार्थी संगठनले आज आयोजना गरेको कार्यक्रममा देउवा नेतृत्वका गठबन्धन...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले बैठकका क्रममा पार्टी सभापति तथा...
सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने सङ्घीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदकले उठाएको विषय नेपाल सरकारको...
शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन्।
माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा, नेताहरू गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन्।
पार्टीको निर्णय मान्ने तर, आफ्नो...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको प्रष्ट योजना सुनाउनु भएको छ । उहाँले नेपाल गरीब हुनै नसक्ने देश भएको पनि बताउनु भएको छ ।
पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना...












