नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा संघको टोल कमिटी गठन भएको युवा नेता कुमार लामाले प्रदेशखवरलाई जानकारी दिए ।
त्यसैगरी सिर्जना थोकरको नेतृत्वमा ९ सदस्यीय अनेमसंघको टोल कमिटी गठन भएको छ । दुबै कमिटीका पदाधिकारीलाई एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् लोकप्रिय एमाले नेता गोविन्दलाल माझीले सपथ गराउनु भएको थियो ।